ओलीले भनेः माधव नेपालले राजीनामा दिनुपर्दैन ?

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई इमान नभएको अराजक मान्छे भनेका छन् । उनले नेपालले कार्यकर्तालाई ढाँटेको र राजीनामा समेत नदिएको बताए । ‘माधव नेपाल इमान नभएको अराजक मान्छे हुनुहुन्छ,’ आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘यो बीचमा राजीनामा दिनुपर्दैन, नयाँ विचार सुरु गरेँ भन्नुपर्दैन ।’ ओलीको संकेत […]

सम्बन्धित सामग्री

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली

काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य गर्दै एक सिटसम्म जिताइदिन आग्रह गरे । पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै ओलीले भने,‘यो भविष्यवाणी लेखेर राख्नुहोस्, माधव नेपालले ३ […]

एमसीसीबारे प्रष्ट धारणा नराखेको भन्दै माधव नेपालले गरे एमालेको आलोचना

१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकी सहयोगसम्बन्धी सम्झौताको विषयमा नेकपा एमालेले प्रष्ट धारणा राख्न नसकेको भन्दै आलोचना गरेका छन् । ‘केपी ओलीले एमसीसीलाई समर्थन गर्छु पनि नभन्ने र समर्थन पनि नगर्ने । न भाले न पोथीको चाल केपी ओलीले देखाइरहनु भएको छ’ शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै […]

‘एमालेलाई सरकारबाट हटाउने मुख्य षड्यन्त्र माधव नेपालले गरे’

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव कुमार नेपालले नै गरेको दावी गरेका छन् ।मंगलबार झापामा जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव नेपालले नै गरेको दावी गरेका हुन् ।ओलीले एमाले कसरी सरकारबाट हट्यौ भन्ने फेहरिस्त पेस गर्दै भने, ‘खासगरी हामी सरकारबाट हट्ने कुरा अरु कसैले भन्दा पनि अरु कसैले केही गरेर पनि हटाउन सक्ने थिएनन्, एमालेलाई सरकारबाट हटाउने, विद्रोही बागी बनाउने, ए

माधव नेपालले भने- ओलीले एमालेको नाम फेरौँ भनेका थिए, मैले रोकेँ

नयाँ पार्टी दर्ताको लागि विधान तयार गर्न नेताहरूलाई लिएर चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका माधव नेपालले केपी ओलीले एमालेको नाम फेर्न प्रस्ताव गरेको तर आफूले रोकेको बताएका छन् ।  चन्द्रागिरिमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  सञ्चारकर्मीहरूले सोधेको कम्युनिष्ट पार्टी छाडेर समाजवादी केन्द्र बनाउने र त्यसको अध्यक्ष तपाईं हुने हो ? भन्ने प्रश्नको जवाफ दिने क्रममा नेपालले ओलीले एमालेको आचरण कम्युनिष्टको जस्तो नभएकाले नाम फेर्ने प्रस्ताव गरेको बताएका हुन् ।  ‘केपी ओलीले कम्युनिष्ट पार्टी...

माधव नेपालले २ वर्षदेखि फोन गरेका छैनन्, मैले गरिरहेको छु - केपी ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफूलाई अहङ्कारी भन्नु उहाँको कमजोरी निराधार आरोप भएको बताउनुभएको छ । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताउनुभएकाे हाे । ओलीले आफूले माधव नेपालको कुभलो कहिल्यै नसोचेको तर नेपालले भने केन्द्रदेखि प्रदेशका सरकार ढाल्ने, एमाले र आफूविरुद्ध षड्यन्त्र गर्ने लगायतका काम गरेको आरोप लगाउनुभयो । आफूले कैयौँ पटक भेटेर कुरा गरौँ भन्दा पनि नेता नेपालले भेट्नै नचाहेको ओलीको गुनासो छ । ‘मैले माधव नेपालला...

ओलीले बालकोट पुगेर भने – ‘पार्टीमा माधव नेपालले आत्मालोचना गर्ने ठाउँ छैन’

पुष्कर बुढाथोकी, भक्तपुर । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बरिष्ठ नेता माधव नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ ।बुधबार सरकारी निवास बालुवाटार छोडी निजी निवास बालकोट पुग्नुभएका ओलीले निवासको बार्दलीबाट समर्थकहरुलाई सम्बोधन गर्दै सरकार एमालेको सरकार ढाल्न नेता नेपालले अगुवाइ गरेको बताउनुभयो । ओलीले अरुले आत्मालोचना गरेर आए […]

माधव नेपालले खोल्ने पार्टीमा को को जालान्

काठमाडौं, ३० असार । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो । ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका […]

‘ओलीले भेट गर्न चाहँदा माधव नेपालले मान्नुभएन’

शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले भेट गर्न चाहँदा पनि भेट गर्न नमानेको बताउनुभयो ।

माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्