महाधिवेशनसम्म नेकपा अध्यक्षमा ओली प्रचण्ड नै यथावत

अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचन आयोगले नेकपा विवादका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयबारे निर्वाचन आयोगले पठाएको पत्रबारे खबर छापेको छ । समाचारमा एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै यथावत रहने पत्र पठाएको उल्लेख छ। अध्यक्षद्वय ओली र दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान ऐन र नेकपाको विधानलाई उल्लेख गरिएको छ।