नेकपा (एमाले) को जारी १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । नेतृत्वको लागि सहमतिको प्रयासमा हुँदा शनिबार ढिला गरी बन्दसत्र सुरु भएको हो । शनिबार बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र साढे ३ बजेपछि मात्र सुरु भएको हो । सौराहाको सेभन स्टार होटलको बैठक कक्षमा सुरु भएको बन्दसत्रमा विदेशी पाहुनाहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।