प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् । मोरङ जिल्लामा प्रतिनिधिसभा अन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा अन्तर्गत १२ स्थानका लागि एक सय १८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं १ मा नेपाली कांग्रेस नेकपा एमाले, राप्रपा र ६ जना स्वतन्त