गत भदौ २४ गते नेपालमा भएको आगजनी तथा तोडफोडको घटनाले मुलुकमा राजनीतिक असन्तोष मात्र होइन, आर्थिक जोखिम व्यवस्थापनको प्रणालीगत विफलता पनि उजागर भएको छ । यसले नेपालको बिमा क्षेत्रको संरचनागत कमजोरी, नीतिगत असफलता र नियामक उदासीनतालाई पनि छर्लङ्ग पारेको चर्चा बीमा बजारमा चलिरहेको छ । निजी क्षेत्रको सम्पत्तिमा भएको क्षति लगभग शतप्रतिशत निर्जीवन बिमा कम्पनीहरूले […]
काठमाडाैं । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय पोशाक दिवस मनाएको छ। काठमाडाैंमा बिहीबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर धोती दिवस मनाएको हो । पार्टीका नेता तथा कार्यकर्ताहरू धोती लगाएर काठमाडौंको माईतीघर मण्डलामा भेला भएका थिए । कार्यक्रममा सहभागीहरूले ‘धोती टोपी एक हौं, धोती हाम्रो गर्व हो, मधेशको पहिचान हो’ जस्ता नारा लगाएका थिए […]
१७ पुस, काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका सात नगर प्रहरी निरीक्षक डीएसपीमा बढुवा भएका छन् ।
काठमाडौं महानगर प्रहरी बलको ४५औं कार्यपालिका बैठकले बलमा रिक्त सात डीएसपी पदमा वरिष्ठतम् नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख …
काठमाडौं– भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेन-जी आन्दोलनको विषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताएका हुन् । आयोगले बोलाउँदा ओली […]
ललितपुर– ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए । कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार […]