चोरी तस्करी नियन्त्रण गर्न सुनको कोटा बढाइएको हो : उद्योगमन्त्री

१५ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्‍याउन सुनको कोटा वृद्धि गरेको बताएका छन् । सोमबार मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैंकले गत सातादेखि दैनिक […]