सिरहामा सरकारविरुद्ध प्रदर्शन

नेकपा एमाले निकट युवा संगठनले सिरहाको गोल बजारमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा भएको प्रदर्शनमा स्थानीय तह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माग गरिएको थियो ।प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले ‘लिपुलेक लिम्पियाधुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराऊ’ लगायतका नाराहरू लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त