मैदान खराब भएपछि पुलिस र च्यासल युथ क्लबवीचको खेल तालिका परिवर्तन

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको नवौ चरणअन्र्गत नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल तालिका पुनःपरिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भोलि शनिबारका लागि तय गरेको पुलिस र च्यासलबीचको खेल वर्षाका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदान खराब भएपछि खेलतालिका परिवर्तन गरिएको एन्फाले जनाएको छ ।उक्त खेल अब यही माघ २६ गते हुनेछ । नवौं चरणअन्तर्गत यसअघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो तर, च्यासलका नौ खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि खेल