तस्करको आक्रमणमा दुई जना वन कर्मचारी घाइते

रौतहटमा काठ तस्कर समूहको आक्रमणबाट एक जना फोरेस्टर सहित दुई जना वन कर्मचारी घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी घाइते भएका हुन् । फोरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् । त्यसैगरी वन रक्षक थापाको जिउभरी चोटपटक लागेको र उपचारपछि उनी हान जिल्ला वन कार्यालयमा रहेको प्रमुख यादवले बताएका छन् ।फोरेस्टर महतो र बन

सम्बन्धित सामग्री

वन कर्मचारी र स्थानीयबीच झडप, ८ कर्मचारीसहित डेढ दर्जन घाइते

रुपन्देही । कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप हुँदा ८ जना कर्मचारीसहित डेढ दर्जन घाइते भएका छन् । केही दिनयता वन कार्यालयले सुरु गरेको अतिक्रमण हटाउने अभियानमा स्थानीयले अवरोध गरेपछि झडप भएको हो । पटना क्षेत्रमा रहेका सुकुम्वासीले सशस्त्र वनरक्षकमाथि आक्रमण गरेको भन्दै बन कार्यालयले थप सुरक्षाकर्मी थपेपछि झडप भएको हो […]