पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो ।सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्‍याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अ

सम्बन्धित सामग्री

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

काठमाडौँ,३ फागुन । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले छ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । शिक्षकहरुको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चितकालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक […]

डा.खगराज बरालको पुस्तक 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा

काठमाण्डाै - डा. खगराज बरालको नयाँ कृति 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा आएको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित रहेकाे बरालले बताउनु भएकाे छ ।  लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गर्नुभएका बरालका विभिन्न अनुभूति समेटिएका  पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्ब...

बैतडीमा शिक्षक मृत्यु प्रकरण: लगातार यातायात र विद्यालय बन्द

धनगढी- बैतडीमा शिक्षक मृत्यु प्रकरणले लगातार विद्यालय र यातायात बन्द रहेकाे छ। बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा बुधबार पनि यातायात अवरुद्ध र पाटनका विद्यालय बन्द रहेका छन्। घटनाकाे सत्यतथ्य छानबीनको माग गर्दै आज पनि थप आन्दोलन चर्किएको छ। मंगलबार गठन भएको संघर्ष समितिले बुधबार बिहानदैखि दशरथचन्द राजमार्ग अवरुद्ध गरेका छन्। यही पुस २ गते […]

शिक्षक मृत्यु प्रकरण : पाटनका विद्यालय बन्द

बैतडी : बैतडीको पाटन नगरपालिका-६ स्थित कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्टको मृत्यु शंकास्पद रहेको भन्दै पाटनका सबै विद्यालय आज बन्द गरिएको छ। बिष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघ संगठनहरूले विद्यालय बन्दको घोषणा गरेका हुन्।शिक्षक बिष्ट मृत फेला परेको ३ दिन भइसक्दा समेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो। शिक्षकका पेशागत संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक बिष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबि

विद्यालय दुई तह, शिक्षक मागिँदै तीन तहको

काठमाडौं : शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न तीन तहकै विज्ञापन तथा परीक्षा सञ्चालन गर्ने भएको छ। गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्छन्, शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिने भएको हो। शिक्षा ऐनमा आधारभूत र माध्यमिक गरी दुई तहको विद्यालय शिक्षाको संरचना उल्लेख छ।शिक्षा नियमावली तथा शिक्षक सेवा आयोग नियमावलीमा प्राथमिक, निम्न माध्यमिक र माध्यम

संस्थागत विद्यालय शिक्षक युनियनमा नयाँ नेतृत्व

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को छैटौँ महाधिवेशनले होमकुमार थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ।...

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकामा विद्यालयहरूमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय सञ्चालनमा रोक लगाइएको छ। गाउँपालिकाले बुधबार सूचना जारी गर्दै आगामी माघ १२ गतेसम्मका लागि विद्यालय बन्दको घोषणा गरेको हो।चिचिला–३ को जालपा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको भन्दै चिचिलाले पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले जानकारी दिए।मंगलबार गरिएको परीक्षणमा वडा नम्बर ३ को जालपा माध्यमिक विद्यालयका १३ जन

पर्साका सबै विद्यालय बन्द गर्न शिक्षक महासंघको आह्वान

वीरगंज : पर्साका सम्पूर्ण विद्यालय बन्द गर्न नेपाल शिक्षक महासंघ पर्साले आह्वान गरेको छ। विज्ञप्ति निकाल्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न सूचना जारी गरेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी गराए। सोमवार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णयको आधारमा शिक्षा, विज्ञान तथा…

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एक साताका लागि विद्यालय बन्द

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा रहेको कोमिन श्यामेवाङ्फेल मावि एक साताको लागि बन्द गरिएको छ। कोरोनाको दोस्रो लहर चलिरहँदा शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो।...

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि सल्यानका तीन विद्यालय बन्द

शिक्षक र विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तीन विद्यालय बन्द गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालय बन्द गरिएको हो