नन्दिकेशर बगैँचामा दीपावली, लोकतन्त्रको दियो कहिल्यै निभ्ने छैनः अध्यक्ष ओली

नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा दीपावली गरेको छ । एमालेले नारायणचौरस्थित नन्दीकेशरमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दीपावली र पुष्प वर्षा गर्नुभयो । सो अवसरमा उहाँले लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न नदिने बताउनुभयो । “लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्ने गरी दीपावली गरेका छौँ । यस बगैँचालाई उज्यालो नेपालको प्रतीकको रूपमा …

सम्बन्धित सामग्री

आदित्यको गुरु विनाको सिकाइले विज्ञानलाई चुनौती दियो : अध्यक्ष ओली

काभ्रेपलाञ्चोक : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गरेका छन्। केही वर्षअघि ‘गुगल ब्वाई’का रुपमा चर्चामा आएका आदित्य दाहाल हाल १४ वर्षका भए। चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थालेका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारद्वारा देशविदेशमा उपचारको प्रयास गरे पनि हुन सकेको थिएन। आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिमबोटमा उक्

दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिलाई दुख दियो : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीवादीका लागि राज्यले राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका छन् । आइतबार एमाले मुख्यालय च्यासलमा पार्टीको सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको कार्यक्रममा ओलीले अरुको स्वार्थका लागि राज्यले छानिछानी राष्ट्रिय पुँजीपतिहरुलाई दुख दिने काम गरेको बताएका हुन् । व्यवसाय गरेर राज्यलाई योगदान दिएका मीनबहादुर गुरुङ […]

चाडपर्व र इतिहासलाई संरक्षित र सम्वर्द्धन गर्नुपर्छः अध्यक्ष ओली

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्ध...

सरकारले स्वास्थ्य-शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधिलाई बढावा दिइरहेको आरोप लगाउनु भएको छ । स्वास्थ्य शिक्षा, मेडिकल शिक्षा र उपचार गर्ने अस्पतालहरुको हर्ब बन्नका लागि उपयोगी रहेको मुलुकमा स्वास्थ्य शिक्षालाई निषेध गर्ने काम सरकारबाट भईरहेको अध्यक्ष ओलीले बताउनुभयो । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य दुवैलाई संक्रमण भएको उनको सचिवालयले लोकान्तरलाई जानकारी दियो । सचिवालयका अनुसार दुवैजना घरमै आइसोलेसनमा छन् । एन्टीजेन र पीसीआर दुवै परीक्षण गर्दा शनिवार संक्रमण पुष्टि भएको हो । शुरूमा एन्टीजेन परीक्षण गर्दा संक्रमण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएकै कारण एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ ।

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा

जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । झापाको बिर्तामोडमा आयोजना हुने कार्यकर्ता भेलालाई ओलीले मंगलवार सम्बोधन गर्दैछन् । नेकपा एमाले विभाजन गरेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीले जिल्ला जिल्लामा कार्यकर्ता भेलालाई सम्बोधनको तयारी गरेका छन् । झापाबाट फर्केलगत्तै ओली बुधवार रुपन्देहीको बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएको एमाले स्रोतले जानकारी दियो ।

एमाले अध्यक्ष ओली स्वास्थ्य परीक्षण गर्न २६ गते थाइल्याण्ड जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने भएका छन्। स्वास्थ्यमा समस्या भएपछि ओली केही दिन यता भक्तपुरको बालकोटस्थित निवासमै आराम गरिरहेका छन्। उनलाई झाडापखाला भएको थियो। अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। ओली नियमित परिक्षणका लागि २६ गते थाइल्याण्ड प्रस्थान गर्न लागेको पारिवारिक स्रोतले जानकारी दियो। मृगौला प्रत्यारोपण गरेका…