जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी) का अध्यक्ष  फुमिओ किशिदा फेरि निर्वाचित भएका छन् । संसदको विषेश अधिवेशनले उनलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उनी फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित भएका हुन् ।गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले मन्त्रीपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात