जनकपुरधाम – विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो चुलिएका बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय अनुगमन सुरु गरेका छन् । मुख्यमन्त्री सिंहले मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालय अनुगमन गरी विद्यामान बेथिति तथा विसङ्गति औँल्याउँदै पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूसँग समस्या समाधानका लागि विमर्श गरेका छन् […]
काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई राजीनामा पत्र पठाएकी हुन् । जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नरहेको निष्कर्षसहित सांसद पदबाट राजीनामा दिएको विवरण गुरुङले पत्रमा उल्लेख गरेकी छन् । ‘जनताले तिरेको करबाट […]
३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनाको सम्बन्ध स्थापित हुन नसकेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गत चैत १५ गते तीनकुनेमा …