बच्चा कोरल्न म्यानमारदेखि अस्ट्रेलियासम्मका चरा नेपालमा

बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको छ । यो चरा पनि आफू ओथारो नबसेर अरू चराकै गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । दुवै चराका भालेले जुरेली र चिबेलाई जिस्काउँदै परपर लखेट्दै बसेका छन् । त्यही मौका छोपेर पोथी भने त्यही गुँडमा अन्डा पार्ने ताकमा देखिन्छन् ।

सम्बन्धित सामग्री

चरा भएजस्तो अनुभूति दिने पूर्वी पृतनाको पक्षी बगैँचा

विराटनगर :  प्रकृति र मानिस एक-अर्काका परिपूरक हुन् । यी दुवैबीचको अन्तरसम्बन्ध जीवन्त राख्न इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर ब्यारेक परिसरभित्र  चराचुरुङ्गी संरक्षणका साथै पक्षी वास बगैँचा निर्माण गरिएको छ।मौसम परिवर्तनसँगै ठाउँ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चरा ब्यारेक परिसरमा पाइने गरेका छन् भने विभिन्न प्रजातिका बकुल्लाले दुई छिमलमा बच्चा कोरलेर हुर्काइ लग्नेसमेत गरेका छन्।चराचुरुङ्गी साथै विभिन्न प्रजातिका बोटबिरुवा संरक्षणका

तस्बिरहरू: बच्चा कोरल्दै फ्यालफ्याले

अनियमित हिउँदे आगन्तुक तथा वसन्त ऋतुमा घुमुवा प्रजातिको रुपमा भेटिने चरा ठिमाहा फ्यालफ्यालेले नेपालमा पहिलो पटक बच्चा जन्माउन गुँड लगाएको पाइएको छ ।

हिउँद सकिनै लागेको बेला चराहरु गुँड बनाउन र बच्चा कोरल्न व्यस्त

काठमाण्डाै - अहिलेको समय चराका लागि उपयुक्त भएको चराविद्ले बताएका छन् । रैथाने जातका चराहरु यतिबेला धमाधम गुँड बनाउन जुटेका छन् । वरिष्ठ चराविद् डाक्टर हेमसागर बरालका अनुसार हिउँद सकिनै लाग्दा रैथाने चराहरु गुँड बनाउन र बच्चा कोरल्न व्यस्त हुन्छन् । अहिले चरा पनि खुशी हुने समय भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘चराहरुले यो समयमा गीत गाउने, चिरबिरचिरबिर गर्ने र एक अर्कालाई ठूलो स्वरले बोलाउने गर्दछन् । जुन हामीले अहिले ग्रामीण क्षेत्रमा मात्रै नभएर सहरी क्षेत्रमा पनि सुनिरहेका छौँ ।’ यस्त...

जगदिशपुर तालमा पाउना चरा आउन थाले

कपिलवस्तु । जाडो मौसम सुरु भए संगै विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु नगरपालिका ९ र १० स्थित जगदीशपुर तलामा आगन्तुक चराहरुको आगमन बढेको छ । विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चिन, मंगोलिया तथा रुसको साइबेरिया सहितका क्षेत्रबाट चरा आउने गर्दछ्न । चरा तालमा जाडो छल्न तथा बच्चा कोरल्न आउने गरेको चरा विज्ञको भनाई छ […] The post जगदिशपुर तालमा पाउना चरा आउन थाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जगदिशपुर तालमा पाउना चराको आगमन

सुशील गैरे कपिलवस्तु । जाडो मौसम सुरु भए संगै विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तु नगरपालिका ९ र १० स्थित जगदीशपुर तलामा आगन्तुक चराहरुको आगमन बढेको छ। विश्व सिमसार क्षेत्रमा सुचिकृत यस तालमा चिन, मंगोलिया तथा रुसको साइबेरिया सहितका क्षेत्रबाट चरा आउने गर्दछ्न। चरा तालमा जाडो छल्न तथा बच्चा कोरल्न आउने गरेको चरा विज्ञको भनाइ छ। […]

बचेरा कोरल्न धापाखेलको नागदहमा जल अप्सरा

३० असार, काठमाडौं । प्राय : पानीमाथि तैरिरहेको पातमा हिड्‍न रुचाउने चरा जल अप्सरा मनसुनमा देखिन थालेका छन् । ललितपुर महानगरपालिकाको धापाखेलमा रहेको नागदहमा हिजोआज जल अप्सरा देखिन थालेका हुन् । यो सुन्दर चरा यही सयममा बचेरा कोरल्नको लागि यहाको नागदहमा आउने गर्छन् । यीनिहरुले पोखरीको बीच भागका पातहरुमा अण्डा पार्ने र बच्चा कोरल्‍ने गर्छन् […]

यो वर्ष कोशी टप्पुमा नयाँ प्रजातिका चरा आउने क्रम बढ्दो

सुनसरी– चराहरूको राजधानी मानिने सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा हिउँद लागेसँगै पाहुना चरा आउन थालेका छन् । अक्टोबरदेखि मे महिनासम्म विभिन्न देशबाट पाहुना चरा उचित वासस्थान तथा बच्चा कोरल्नका लागि चराहरू कोशी टप्पु आउने गरेका हुन् । विशेषगरी कोशी टप्पुमा मङ्गोलिया, साईबेरिया, तिब्बत, पूर्वी एसिया लगायतका देशबाट चरा आउने गरेका छन् । नेपालमा ८८६ प्रजातिका […]

ग्रीष्म कालीन चरा बाहिरिए, हिउँदे चरा आइपुगे

काठमाण्डाै - ग्रीष्म कालीन आगन्तुक चरा बाहिरिएलगत्तै हिउँदे आगन्तुक चरा नेपाल आइपुगेका छन्। जाडो छल्न १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा विभिन्न देशबाट नेपाल आएका हुन् । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गर्छन् । यसपालि एक/दुई हप्ता ढिलो गरी हिउँदे आगन्तुक चरा नेपाल आएका छन्  । चराविद् डाक्टर हेमसागर बरालकाअनुसार नेपाल आएका यी चरा ६ महिनासम्म बस्ने छन् । त्यस पछि उनीहरु बच्चा कोरल्न जुन ठाउँबाट आएको त्यहीँ ठाउँमा जाने उहाँले बताउनुभयो । ग्रीष्म कालीन आगन्तुक चराले...

बच्चाजस्तै रुने अनौठो चरा ‘लायरबर्ड’ (भिडियो)

घना जंगलको बीचमा बच्चा रोएको आवाज सुनियो भने कस्तो प्रतिक्रिया होला ? तर, यस्तो आवाज निकालेर चरा पनि कराउँछ । अष्ट्रेलियाकाो सिड्नीस्थित तारोङगा चिडियाखानामा एउटा यस्तै चरा राखिएको छ । जसले बच्चा रोएको आवाज निकाल्दै कराउँछ । यसको नाम लायरबर्ड हो । मानिसको नक्कल गर्ने भएकाले यसलाई नक्कल गर्ने चरा पनि भनिन्छ । अष्ट्रेलियाको तारोङ्गा चिडियाखानाले लायरबर्डको एउटा भिडियो ट्विटरमा सेयर गरेको छ । अष्ट्रेलियाको म्युजियमका अनुसार लायरबर्ड नक्कल गर्न खप्पिस हुन्छन् । यसले वरिपरिका रुख काट्ने मेसिन, क

जगदीशपुरमा आगन्तुक चरा बढ्दै

विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा जाडो मौसम सुरु भएसँगै आगन्तुक चराको आगमन बढ्दै गएको छ। यहाँ साइबेरिया तथा अन्य मुलुकबाट चरा आउने गर्छन्। चराविद्का अनुसार जाडो छल्न र बच्चा कोरल्न तालमा विभिन्न देशबाट विविध चरा आउने गर्छन्। तराईमा जाडो मौसम सुरु भएपछि चराको आगमन बढेको हो। साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान, किर्गिस्तानलगायतका देशबाट तालमा आगन्तुक चरा हुलका हुल आउने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो। अन्य देशमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराईतिर आउने गरेको उहाँको भनाइ छ। तालमा कतिपय चराचुरुङ्गीले फूल पारी बच्चा हुर्काउने गर्छन्।