रेलको लिकमा हाम फाल्दा एक ३५ वर्षिय युवकको दुबै खुट्टा काटिएको छ । शनिबार बिहान जयनगर–बर्दिवास रेल खण्डस्थित खजुरी स्टेशनको ३ सय मिटर पश्चिमपट्टी गुडिरहेको रेल अगाडि अचानक हामफाल्दा रेलको लिकमा परी धनुषाको जनकनन्दिनी गाउँपालिका ३ महुवाका मिश्री दासको ३५ बर्षिय छोरा श्रीराम दासको दुवै खुट्टा काटिएको हो ।