अलैंची प्रशोधन गर्ने औजार नहुँदा समस्या

खोल्सीको कालो सुनका रूपमा परिचित अलैंचीको खेती गाउँगाउँमा विस्तार भइरहेको छ । तर उत्पादित अलैंचीको भाउ सहरमा ओरालो लाग्दै छ । यसले किसानमा निराशा त ल्याइरहेको छ नै ब्यापारीले महँगो मूल्यमा खरिद गरेको अलैँची गोदाममा थन्किएको पनि छ । भाउ बढ्ने आशमा किसानले गोदाममा नै अलैंंची थन्क्याएर राखेका हुन् ।