एमसीसी कचमचको चपेटा : के अर्को विभाजन सामना गर्न तयार हुन् प्रचण्ड?

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै माओवादी केन्द्रका शीर्ष नेताबिच खटपट सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसमीसी अनुमोदन गर्न सघाएको भन्दै नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेललगायत नेताले प्रश्न उठाएका छन्। अनुमोदन अघिसम्म नारायणकाजी समूहका नेताले माओवादी कुनै हालतमा एमसीसीलाई पारित गराउने पक्षमा नलाग्ने ठोकुवा गरेका…