मास्क नलगाउने नौ लाख ४६ हजार अटेरीलाई निःशुल्क वितरण, पाँच सय ६० लाई कारबाही

प्रहरीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ५६० जनालाई रु ४६ हजार जरिवाना गरेको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने एक हजार ७८४ जनालाई रोकेर सम्झाइबुझाई छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।