लामो समयपछि सर्वोच्चले नेतृत्व पाउँदै, निर्विवाद छविका कार्कीलाई बाटो खुल्दै

काठमाडौं :  प्रधानन्यायाधीश नियुक्ति प्रक्रियागत रूपमा अगाडि बढ्ने भएको छ। १५ महिनादेखि कामुका भरमा चलिरहेको न्यायालयले चाँडै प्रधानन्यायाधीश पाउने छाँट देखिएको हो।आइतबार प्रमुख तीन दलका नेताबीचको छलफलले संसदीय सुनुवाइ समितिको नेतृत्व टुंगो लगाउने सहमति भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रियागत रूपमा अगाडि बढ्ने भएको हो। बालुवाटार बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले विषयगत समितिले भोलिदेखि नै आफ्नो काम अगाडि बढाउने सहमति भएको जानकारी दिए। उनका अनुसा

सम्बन्धित सामग्री

उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै

कोइला अभाव तथा मेसिन उपकरणमा आउने समस्याले पटक पटक बन्द हुँदै खुल्दै गर्ने उद्योग साता दिनदेखि सुचारु भएकोमा फेरि बन्द भएको हो।...

विकल्पको नाममा खुल्दै गरेका पार्टीले केही गर्न सक्दैनन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भर्खरै खुल्दै गरेका पार्टीले विकल्पको नाममा केही गर्न नसक्ने बताएका छन्। परिवर्तनका लागि योगदान गरेका कांग्रेस, एमालेजस्ता पार्टीहरुलाई समेत काम गर्न मुस्किल परिरहेको भन्दै उनले...

एमसीसीबारे भ्रमको पर्दा खुल्दै छ : काँग्रेस प्रवक्ता

नेपाली काँग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीबारे फैलाइएको झुटको पर्दा खुल्दै गएको बताएका छन् । सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा सञ्चारकर्मीसँग अन्तक्रिर्यामा उनले भने, ‘नेपाली काँग्रेस सत्यको पक्षमा उभिन्छ । सत्तामा हुँदा एउटा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्दैनौँ । पार्टीको नाफा(घाटा भन्दा पनि काँग्रेस सत्यको पक्षमा उभिएको छ ।’ एमसीसीका कारण गठबन्धन फुट्छ भनेर अहिले नै भन्न नसकिने प्रवक्ता महतले बताए ।गठबन्धनमा सहमत भएर आइतबार एमसीसी संसदमा टेबल भएको उनको भना

एक महिना पछि विद्यालय खुल्दै, आजदेखि भौतिक उपस्थितिमै पठनपाठन

काठमाण्डाै - कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था आजदेखि खुल्दै छन् । एक महिनादेखि बन्द विद्यालयमा आजदेखि भौतिक उपस्थितिमै पठनपाठन हुँदैछ । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जानेछन् भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्ने सरकारको निर्णय छ । १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न लागिएको हो । १२ वर्षदेखि मुनिका बालबालिकालाई भने खोप दिन बाँकी छ । यसल...

भोलिदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

काठमाण्डाै - आज देशभरको मौसम आंशिक बद्ली रहेको छ । आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ । भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एक/दुई ठाउँमा हल्का वर्...

ललिता निवास जग्गा प्रकरणः सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

काठमाडौं, पुस १३। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास प्रकरणमा जोडिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीसँगको बयानबाट नयाँ तथ्य प्राप्त गरेको छ । निजहरूको बयानसँगै नयाँ तथ्य खुल्दै गर्दा मुख्य योजनाकार भनिएका शोभाकान्त ढकालसँग पनि फेरि बयान लिन सुरु गरिएको छ । सीआईबीले सुवेदी दम्पतीलाई गत मङ्गलबार राति काठमाडौँको ताहाचलस्थित निवासबाट श्रीमती र […]

मौसम बिस्तारै खुल्दै जाने, अब ठूलो पानी नपर्ने

काठमाण्डाै - अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । पूर्ण रुपमा मौसम खुल्न भने अझै एक/दुई दिन लाग्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना भने छैन । केही ठाउँमा हिजो ठूलो पानी परे पनि अब नपर्ने उहाँले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण बेलुका पख छोटो समयका लागि पानी भने पर्न सक्छ । यस्तै, मनसुनको प्रणाली बाहिरिन नसकेकाले देशका केही ठाउँमा आज पनि हल्कादेखि मध्यम खालक...

खुल्दै लाइसेन्स ट्रायल, पाँच लाख पर्खाइमा

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा सञ्चालन तयारी गरेको छ । कोभिड–१९ कारण लामो समयदेखि स्थगित लाइसेन्स परीक्षा खुलाउन यातायात व्यवस्था विभागले देशभरका सबै यातायात कार्यालयलाई पत्राचारसमेत गरेको छ । विभागले एक साताको सूचना निकालेर यथाशीघ्र ट्रायल परीक्षा सञ्चालनमा ल्याउन पत्राचार गरेको छ । विभागका निर्देशक डा.लोकनाथ भुसालले […] The post खुल्दै लाइसेन्स ट्रायल, पाँच लाख पर्खाइमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

थुनिएको मर्स्याङ्दी नदी विस्तारै खुल्दै

बाढी पहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले बिस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गा माटो र काठ दाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढी पहिरोका कारण नदी थुनिएको हो । उक्त स्थानमा थुनिएको नदी अहिले बिस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहर

आजदेखि मौसम खुल्दै जाने

काठमाण्डाै - आजदेखि मौसम खुल्दै जाने भएको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएर अरु ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस्तै तराईका केही ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको भए पनि दिउँसोदेखि मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । आज उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको र त्यस क्षेत्रको मौसम पनि दिउँसोपछि सुधार हुँदै जाने महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंश...