ओलीको प्रतिवेदनः नयाँ उदाएका शक्तिसँग विचार छैन, शक्तिकेन्द्रबाट उपयाेग हुने जोखिम छ
'पपुलिज्मको सीमा भनेको उसले मौजुदा समस्या र कमजोरीहरूलाई उजागर गर्न सक्छ प्रश्न खडा गर्न सक्छ र जनअसन्तुष्टlहरूलाई राम्रैसँग प्रयोग गर्न सक्छ, तर समाधानका विकल्प दिन सक्दैन', उनको दस्तावेजमा उल्लेख छ ।
कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएपछि जापान सरकारले यही मार्च १३ बाट अनिवार्य मास्क लगाउने दिशानिर्देशहरू खुकुलो पार्ने भएको छ । सरकारको यो तयारीसंगै जापानका कम्पनीले पनि कार्यालयमा मास्क लगाउने दिशानिर्देशहरू खुकुलो पार्ने विचार पनि गरिरहेका छन् । प्रमुख डिपार्टमेन्ट स्टोर इसेटन मित्सुकोशी होल्डिङ्सले आगामी सोमबारदेखि मास्क लगाउने वा नलगाउने भन्ने निर्णय ग्राहकहरूले स्वयंले …
प्रतिनिधिसभामा सांसदहरूले हदम्याद बढाउँदाको जोखिम र विषयको गम्भीरताको विषयमा व्यापक विचार विमर्श गरेका छन् । सरकारले भने तत्काल यस विषयमा तत्काल पुनर्विचार हुन नसक्ने आशय प्रकट गरेको छ ।
काठमाडौं । प्रविधिमैत्री यातायातको रूपमा यात्रुको रोजाइमा परेको राइड शेयरिङ सेवाको अफलाइन प्रयोगले सुरक्षा जोखिम बढाएको छ । सानो लगानीमा पनि शुरू गर्न सकिने स्टार्टअप व्यवसाय भएकाले पछिल्लो समय राइड शेयरिङ कम्पनी बढेका छन् । तर बढी आम्दानीको लोभमा यस्ता कम्पनीका राइडरले अफलाइन सेवा दिँदा सुरक्षाको चिन्ता थपिएको छ ।
काठमाडौं उपत्यकामा सेवा दिँदै आएका पठाओ, टुटल, इनड्राइभर र लुजुम जस्ता राइड शेयरिङ कम्पनी तथा यातायातका साधनको अफलाइन प्रयोगले सुरक्षा चुनौती बढाएको हो । राइडरले बढी नाफा कमाउन सक्ने र यात्रुले पनि मोलमोलाइ गर्दै सस्तोमा यात्रा गर्न पाउने भएकाले राइड शेयरिङको अफलाइन प्रयोग बढेको छ ।
काभ्रे घर भई हाल त्रिपुरेश्वर बस्दै आएकी सुमी त्रिपाठीकी आमालाई गत बुधवार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको गंगालाल अस्पताल लगियो । आमालाई भेट्न भन्दै सुमी हतार हतार घरबाट निस्किइन् । साँझको ७ बजिसकेकाले उनले राइड शेयरिङ सेवा प्रयोग गर्ने विचार गरिन् ।
यत्तिकैमा उनले बाटोमा बाइक रोकेर बसेको मानिस देखेपछि उनले पठाओ हो भनेर सोधिन् । बाइकवालाले हो भनेपछि गंगालाल अस्पताल जान अनुरोध गरिन् । त्यसपछि ती राइडरले निकै तीव्र गतिमा बाइक कुदाएपछि दुर्घटनाको त्रासले विस्तारै चलाउन आग्रह गरिन् । तर चालकले आफ्नो गति कायमै राखे । उनले ‘म तपाईंसँग जान्न, बाइक रोकिदिनुस्’ भन्दा पनि नमानेको उनले बताइन् । अस्पताल बाहिर पुगेर पैसा तिर्न खोज्दा ‘आपत्मा आफूले चाँडै ल्याइदिएको’ दाबी गर्दै ५०० रुपैयाँ असुलेको उनको गुनासो छ ।
पठाओ नेपाल प्रालिका प्रबन्ध निर्देशक असीममान सिंह बस्नेत यस्तै सुरक्षा एवं जोखिम बढ्ने भएकाले राइडर र यात्रु दुवैलाई अफलाइन सेवा नदिन/नलिन सुझाउँछन् । ‘राइडरले एप बन्द गरेर चलाएपछि ऊ कहाँ गयो, के गर्यो भन्ने हामीलाई थाहा हुँदैन । त्यसैले त्यसबेला ऊ हाम्रो कर्मचारी होइन,’ उनले भने, ‘त्यस्तो बेला दुर्घटना भएमा हामी त्यसको जिम्मेवारी लिन सक्दैनौं । त्यसैले यात्रुले पनि सस्तोमा जान पाइने वा हतार छ भन्दैमा अफलाइन चढ्नु हुँदैन ।’
चोकचोकमा बसेर अफलाइन कन्ट्याक्टमा चलाउने राइडरलाई आफूहरूले कारबाही गर्न सक्ने व्यवस्था नभएकाले त्यसको नियन्त्रणका लागि राज्यस्तरबाटै कानून बन्नुपर्ने उनको भनाइ छ । अनलाइन सेवा लिँदा दुर्घटनामा परेमा १ लाख रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा ५ लाख रुपैयाँसम्मको बीमाको व्यवस्था रहेको उनले बताए ।
दिउँसोभन्दा पनि साँझ तथा रातिको समयमा सुन्धारा, त्रिपुरेश्वर, चाबहिल, गोंगबु बसपार्क, कोटेश्वर चोक, कलंकी, बल्खु चोक लगायत मानिसको बढी भीडभाड र आवतजावत हुने स्थानमा अफलाइनमा जाने राइडर तथा यात्रु धेरै हुने गरेका छन् । राइडरले यात्रुलाई अफलाइन माध्यमबाट गन्तव्यमा पुर्याएबापत सम्बन्धित कम्पनीमा कमिशन बुझाउनु नपर्ने हुँदा यस्तो कार्य बढेको बताइन्छ ।
‘हामीले यात्रुलाई गन्तव्यमा पुर्याएपछि बुझाउनुपर्ने कमिशनबापतको रकम बुझाउनु नपर्ने भएपछि अफलाइनमै यात्रु बोक्ने काम गरिन्छ,’ आफ्नो परिचय खुलाउन नचाहने एक पठाओ चालकले भने । राइड शेयरिङ सेवा दिएबात पठाओले २० प्रतिशत, टुटल र लुजुमले १० प्रतिशत कमिशन लिन्छन् भने इनड्राइभरले कशिसन लिँदैन ।
कीर्तिपुर बस्दै आएका रवीन्द्र रायमाझी यात्रा गर्दा प्रायःजसो पठाओ चढ्ने गर्छन् । धेरैजसो उनी अनलाइन कन्ट्याक्टबाटै पठाओ बुकिङ गरेर चढ्छन् । तर कहिलेकाहीँ हतारमा हिँड्दै गर्दा जहाँ पठाओ भेट्यो, त्यहीँबाट अफलाइनमै चढ्ने गरेको अनुभव उनले सुनाए । यसरी चढ्दा सुरक्षा जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि कहिलेकाहीँ हतार हुँदा चढ्नैपर्ने अवस्था आउने उनले बताए । कहिलेकाहीँ आफूसँग कम पैसा हुँदा बार्गेनिङ गरेर जान पाइने र सजिलोले पनि अफलाइन सेवा लिन गरेको उनको भनाइ छ ।
टुटल, पठाओ जस्ता राइड शेयरिङ कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर चलेका भए पनि सरकारले यस्ता कम्पनीको सेवा बन्द गर्ने चेतावनी दिँदै आएको छ । यातायात व्यवस्था ऐनको दफा ८ (१) मा निजी सवारीसाधन सार्वजनिक यातायातको रूपमा प्रयोग गर्न नपाइने व्यवस्था छ । सोही ऐनकै दफा १२ ले कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ, जसले गर्दा यातायात व्यवस्था विभागले समेत यस्तो कार्यलाई अवैध भन्दै आएको छ ।
शेयर बजार भनेकै जोखिमको बजार हो । यहाँ जोखिम हेरेर नै लगानी गर्ने हो । जोखिम हेरेर बुझेर लगानी गर्न सक्नेले कमाउने र केही नुबझी लहलहैमा लगानी गर्नेहरूले गुमाउने सम्भावना समेत रहेकाले सोच विचार गरी लगानी गर्नुपर्ने हुन्छ
न हामी राजतन्त्रवादी, न हामी गणतन्त्रवादी; हामी त विकास, सुशासन र समृद्धिवादी । हामीजस्ता सक्षम र इमानदार मानिसहरूले बनेको दलको सत्तारोहण भयो भने विकास र समृद्धि आइहाल्छ, त्यसैले व्यर्थै विचार वा मूल्य–मान्यताको गलफत्तीमा किन पर्ने ? अनि परस्पर विरोधी भए पनि मौसमअनुसारका नारा र एजेन्डाहरू उरालेर लोकप्रियता किन हासिल नगर्ने ?
न हामी राजतन्त्रवादी, न हामी गणतन्त्रवादी; हामी त विकास, सुशासन र समृद्धिवादी । हामीजस्ता सक्षम र इमानदार मानिसहरूले बनेको दलको सत्तारोहण भयो भने विकास र समृद्धि आइहाल्छ, त्यसैले व्यर्थै विचार वा मूल्य–मान्यताको गलफत्तीमा किन पर्ने ? अनि परस्पर विरोधी भए पनि मौसमअनुसारका नारा र एजेन्डाहरू उरालेर लोकप्रियता किन हासिल नगर्ने ?
कोभिडका कारण बालबालिका गम्भीर बिरामी हुने वा मृत्यु हुने जोखिम एकदमै कम रहेको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ ।
उक्त देशमा महामारीको पहिलो १२ महिनाको आँकडा हेर्दा १८ वर्षभन्दा मुनिका २५ जनाको मात्र मृत्यु कोभिडका कारण भएको पाइएको छ । यसरी हेर्दा १० लाख बालबालिकामध्ये जम्मा दुईजनाको मृत्यु हुने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।
दीर्घरोग भएका तथा स्नायुविकार भएका बालबालिका सबभन्दा बढी जोखिममा पर्ने देखिएको छ ।
बेलायतको खोप सल्लाहकार समूहले यी निष्कर्षहरूमा विचार गरिरहेको छ ।
...
कोरोना महामारीको यो बेला डाक्टर, नर्स र स्वास्थ्यकर्मी जोखिम मोलेर बिरामीको उपचारमा व्यस्त छन् । सङ्क्रमितको उपचारमा दिनरात खटिएका उनीहरुको हौसला र मनोबल बढाउनुपर्ने खाँचो छ । तर बिहीवार बेलुकी नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्समाथि आक्रमण भयो । यो घटनाको चौतर्फी आलोचना भइरहेको छ । आक्रमणमा संलग्नलाई कारबाही गर्ने र भविष्यमा यस्तो घटना नदोहोरिने सरकारले प्रतिबद्धता जनाएको छ ।
यसै विषयमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालको विचार र प्रतिक्रिया समेटेका छौँ।
सबैभन्दा पहिले कलाकार मदन...
कुनै व्यक्तिले आत्महत्या गर्ला भन्ने कुरा पहिले नै थाहा पाउन सकिने एक अमेरिकी अध्ययनले देखाएको छ ।
येल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा ब्रेन स्क्यानले कुनै व्यक्तिमा आत्महत्याको विचार आउने नआउने कुरा पत्ता लगाउने देखाएको छ ।
वैज्ञानिकहरूका अनुसार, पश्च आघात (पीटीएसडी) बाट पीडित व्यक्तिको मनमा आत्महत्याको विचार ल्याउने एक रसायन पत्ता लागेको छ ।
सामान्य व्यक्तिको तुलनामा पीटीएसडीबाट पीडित व्यक्तिमा आत्महत्याको जोखिम बढी हुन्छ । तर चरम जोखिममा रहेका व्यक्तिको पहिचान गर्न गाह्रो हुन्छ ।
अ...
कुनै व्यक्तिले आत्महत्या गर्ला भन्ने कुरा पहिले नै थाहा पाउन सकिने एक अमेरिकी अध्ययनले देखाएको छ ।
येल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा ब्रेन स्क्यानले कुनै व्यक्तिमा आत्महत्याको विचार आउने नआउने कुरा पत्ता लगाउने देखाएको छ ।
वैज्ञानिकहरूका अनुसार, पश्च आघात (पीटीएसडी) बाट पीडित व्यक्तिको मनमा आत्महत्याको विचार ल्याउने एक रसायन पत्ता लागेको छ ।
सामान्य व्यक्तिको तुलनामा पीटीएसडीबाट पीडित व्यक्तिमा आत्महत्याको जोखिम बढी हुन्छ । तर चरम जोखिममा रहेका व्यक्तिको पहिचान गर्न गाह्रो हुन्छ ।
अ...