भन्सार छलीका सामान निर्बाध विक्री

विराटनगर । भारतीय बजार जोगबनीबाट अवैध रूपमा ल्याइएका बिलबिजकविनाका खाद्यपदार्थ लगायत सामग्री विराटनगरका खुद्रा पसलहरूले निर्बाध विक्री गरिरहेको पाइएको छ । उद्योगी व्यवसायीले भारतबाट अवैध रूपमा आउने वस्तुको कारण नेपालको उत्पादन विक्री नभएको गुनासो गरिरहेको बेला अनुगमन टोलीले यस्तो तथ्य फेला पारेको हो । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले बजार अनुगमन गर्ने क्रममा यहाँका खुद्रा पसलका व्यापारीहरूले क्यारिङमार्फत भन्सार छली गरेर ल्याइएका खाद्यवस्तु लिने गरेको फेला परेको छ । त्यस्ता खाद्यवस्तुको बिलबिजक देखाउन नसक्दा विराटनगरका तीनओटा खुद्रा पसल कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरूमा विराटनगर–९ बी प्लटभित्र रहेको मोनिका पूजा एवं किराना पसल, गणेश किराना भण्डार र ओम शान्ति किराना पसल रहेका छन् । पसलमा रहेका खाद्यवस्तुको बिल बिजक नभएपछि सम्बन्धित पसलेलाई कारबाही गरिएको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाहीको दायरमा ल्याएको उनले बताए । कार्यालयले मोनिका पूजा एवम् किराना पसललाई २० हजार, गणेश किराना भण्डार र ओम शान्ति किराना पसललाई १०/१० हजार रुपैयाँ जरीवाना गराएको हो । खुद्रा पसलहरूमा तस्करी भएका चिनी, दाल, बिस्कुट, पापडलगायतका खाद्यवस्तु आउने गरेको पाइएको छ । व्यापारीहरूले जोगवनीमा गएर खाद्यवस्तु खरीद गर्ने र उनीहरूले क्यारिङ गर्नेलाई सामान पसलसम्म ल्याउने जिम्मा दिने गर्दछन् । पसलसम्म खाद्यवस्तु ल्याउन क्यारिङ गर्नेलाई निश्चित रकम दिने सहमति हुने गर्दछ । सहमति अनुसार क्यारिङ गर्नेले पनि भरिया प्रयोग गरेर गन्तव्यसम्म ल्याउने गर्दछन् । यसरी क्यारिङमार्फत भारतबाट तस्करी गरी ल्याइएका खाद्यवस्तुको विक्री वितरण सबैभन्दा बढी विराटनगरको पुरानो गुद्री र नयाँ गुद्रीका होलसेल तथा खुद्रा पसलेहरूले गर्ने गरेको स्रोतले जानकारी दिएको छ । अनुगमनको क्रममा विराटनगर–९ मा रहेको टाटा किराना पसलमा म्याद सकिएको खाद्यवस्तु भेटिएको थियो । म्याद सकिएको मसला, पाउडरलगायतका ५ हजार ४०० रुपैयाँ बराबरको खाद्यवस्तु अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

धनुषा प्रहरीद्वारा २० लाख बढीका भन्सार छलीका सामान बरामद

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत बोर्डर हुँदै …

बेवारिसे भेटियाे नौ लाखका कपडा

बैतडी : भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ९ लाख बराबरको सामान बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो। बरामद गरिएका सामानहरूमा रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामत गरिएको सामान महाकाल

वीरगञ्जका गोदाममा छापा, भन्सार छलीका सामान बरामद

१ पुस, वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ । २७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो […]

वीरगञ्जमा २ महिनामा डेढ करोडको भन्सार छलीका सामान बरामद

५ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरी बल वीरगञ्ज आउट पोस्टले दुई महिनामा १ करोड ५७ लाख १७ हजार ४ सय ५७ रुपैयाँको सामान बरामद गरेको छ । भदौमा ७९ लाख ८० हजार ३ सय र असोजमा ७७ लख ३७ हजार १ सय ५७ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद भएको हो । भन्सार छलेर हुने […]

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट तीनवटा ट्रक नियन्त्रणमा

२५ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छलीका सामान बोकको आशंमा तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सोमबार राति साढे ११ बजे बोर्डर आउटपोष्ट ड्राईपोर्ट र सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज–२४ रामगढवाबाट सामान […]

कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी । सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२, त्रिवेणीघाटमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार ३६० रुपैयाँबराबरको कपडा र चप्पल बरामद गरिएको हो । सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रिक रिक्सा र पेट्रोल अटो समेत बरामद गरिएको सशस्त्र प्रहरी...

भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज – ३० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा […]

३० लाख मूल्य बराबरको सामग्री बरामद

रु ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई  पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ  ।  जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।   उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो  क्रममा ट्रकका  चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु म...

तस्करीलाई सहजै उन्मुक्ति

एकैपटकमा लाखौं मूल्यका भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिने गरे पनि तस्करहरुलाई भने छोड्ने गरेको छ। प्रहरीले तस्करका सामान मात्र नियन्त्रणमा लिएर तस्करलाई छोड्ने गरेको स्थानीयहरु बताउँछन्।...

वीरगञ्जबाट ६ लाख मूल्यको भन्सार छलीका सामान बरामद

१५ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट […]