महाधिवेशनको कार्यतालिका परिवर्तन हुँदैन : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एकदिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढन पार्टीका नेता, कार्यक