माओवादी बैठकमा नेतृत्वलाई व्यङ्ग्य : घर बनाउन नसक्नेले देश बनाउन सक्दैन

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पदाधिकारी चयनमा भएको ढिलाइबारे आवाज उठेको छ । नेता सुदन किरातीले पदाधिकारी त टुंग्याउन नसक्नेले कसरी देश बनाउन सक्छ भन्दै नेतृत्वप्रति व्यङ्ग्य गरे । ‘पदाधिकारी त टुंग्याउन नसक्ने अवस्थामा हामी छौँ । घर बनाउन नसक्ने पार्टीले देश बनाउन सक्दैन’, उनले केन्द्रीय समितिको सोमबारको बैठक राखेको धारणा उदृत गर्दै एक नेताले भने । यसअघि माओवादी केन्द्रको आइतबारको बैठकमा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतले पनि छिटो पदाधिकारी टुंगो लगाउन म

सम्बन्धित सामग्री

प्रदीप ज्ञवालीको व्यङ्ग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

रोल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् । एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ‘दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन,’ उपमहासचिव ज्ञवालीले भने, […]

चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । दयाहाङ राई र विपिन कार्की अभिनीत चलचित्र ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । टिजरले काठमाडौँमा घर हुने र नहुने परिस्थितिको कथा समेटेको छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा चलचित्रले घर नहुँदा काठमाडौँमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यङ्ग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर किन्ने […]

नाटक ‘सिटामोल’ले दिँदैछ व्यङ्ग्य

सिनामङ्गलस्थित पुरानो घर थिएटरमा नाटक ‘सिटामोल’को मञ्चन सुरु भएको छ। सजीव प्राणी भएपछि रोग नलाग्ने त कुरै भएन तर रोगीको समयमै उपचार नहुँदा, औषधि नपाउँदा र भएको औषधिको पनि सही सदुपयोग नहुँदा ज्यान जाने जोखिम धेरै नै हुन्छ। सरकारले धेरैजसो औषधि निःशुल्क प्रदान गर्ने प्रावधान राखेको छ तर त्यसको सही कार्यान्वयन नहुँदा त्यही औषधिलाई हामी महँगो मूल्य तिर्ने गर्छौं। नाटक ‘सिटामोल’ यही सञ्जालमा बेरिएको छ। देश अहिले निकै नाजुक अवस्थाबाट गुज्रिरहेको छ। महँगी, कालोबजारी, भ्रष्टाचारले देशको चरम विकासमा जनतालाई सास्ती दिँदै आएको छ।

करिश्माको व्यङ्ग्य– इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नुजस्तो देखियो

अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरमा फुटपाथमा बसेका साना व्यवसायीलाई महानगर प्रहरीले हटाएको घटनालाई केन्द्रमा राख्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी छन् । आफू पनि काठमाडौंको रैथाने बासिन्दा भएको उल्लेख गर्दै आफूले नबुझेको केही कुरा उठाएको उनको भनाइ छ ।‘महानगर सफा हुनुपर्छ, सही हो । हामीले आफ्ना करोडौं पर्ने जग्गा÷घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग ग¥यौं, सही हो,’ उनले लेखेकी छन्, ‘बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुँदैन, त्यो पनि सही कुरा हो

दीपकको व्यङ्ग्य– गल्ली–गल्लीमा न्यायालय ! घर–घरमा न्यायाधीश !

काठमाडौं । नायक पल शाह र उनीविरुद्ध उजुरी दिएकी नाबालिग गायिकाका पक्ष/विपक्षमा आवाजहरु उठिरहेका छन् । सञ्चारमाध्यमदेखि युटुबरसम्म पक्ष/विपक्षमा उभिएका छन् ।  मुद्दा अदालतमा पुगेपछि अदालतलाई नै प्रभावित गर्नेगरी सञ्चारमाध्यम, युटुबर, अभियन्ता, समर्थक तथा शुभेच्छुकहरु पक्ष/विपक्षमा  उभिएपछि धेरैले असन्तुष्टि जनाएका छन् ।  अदालतमा पुगेको मुद्दालाई सहयोग गर्नुको सट्टा दबाबमा उर्तिनु गलत भएको...