पोखरामा इन्टनरनेट सेवा बन्द हुने सम्भावना, प्राधिकरणले 'अपरेशन सेन्टर' कै बिजुली काटेको सेवा प्रदायकको आरोप

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूले पोखरामा इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । अहिले पोखरामा इन्टरनेट सेवा प्रदायकहरूको मुख्य 'अपरेशन सेन्टर' मा नेपाल विद्युत् प्राधिकरणले छानेरै बिजुली विच्छेद गरेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।  सेवा प्रदायकहरूले विद्युत् महसुल नियमितरूपमा भुक्तानी गर्दा गर्दै पनि प्राधिकरणले बिजुली काटेकाले इन्टरनेट सेवा बन्द हुने सम्भावना प्रबल रहेको आईस्पानले जनाएको छ । सेवा प्रदायकहरूले हरसम्भव प्रयास गर्दा पनि अपरेशन सेन्टर सुरु गर्न नसक्ने अ...