सरकारी कार्यालय बन्यो डम्पिङ साइट

सरकारी कार्यालय परिसरमै फोहोर फालिएपछि त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही तथा स्थानीयले सास्ती खेप्नुपरेको

सम्बन्धित सामग्री

डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या

झट्ट हेर्दा निलो रंगले भरिएका छानासँगै स्काई सिटीको रूपमा विकास भइरहेको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजार सुन्दर देखिन्छ । बजारका रहेको घरमा निलो रंगले रंगाएसँगै बजारलाई हेर्दा अरु बजारको तुलनामा केही अगाडि बढेको भान जो कसैले गर्ने गरेका छन् । बाहिरबाट हेर्दा जति सुन्दर भए पनि त्यहाँभित्र समस्यै समस्या देखिएका छन् । बढ्दो सहरीकरणसँगै गाउँपालिकाको केन्द्रमा बजारीकरण तीव्र रूपमा भइरहँदा यहाँको फोहोर व्यवस्थापनका निम्ती डम्पिङ साइट नहुँदा बजारकै मुख्य समस्या बनेको छ । छथर क्षेत्रकै मुख्य ब्यापारिक केन्द्रमा रहेको बजारमा बर्सेनि सरकारी कार्यालय थपिनुुका साथै घर निर्माण कार्य पनि तीव्र रूपमा विकास भइरहेको छ । बजार विस्तारको क्रम बढेसँगै यहाँको फोहोर ब्यवस्थित गर्न डम्पिङ साइटको अभाव खड्किएको स्थानीय बताउँछन् ।