एजेन्सी। ओलम्पिक खेल नजिकिँदै गर्दा यसको विरोध पनि बढेको छ। कोरोनाका कारण जापानको टोकियोमा कोरोना भाइरस फैलनेभन्दै विरोध गरिएको छ। आइतबार आएका विदेशी पाहुनामा कोरोना पुष्टि भएपछि टोकियावासीमा संक्रमण फैलने डर बढेको हो। सुरक्षा विशेषज्ञले टोकियोमा ओलम्पिकको विरोधमा ठूला प्रदर्शनको तयारी भइरहेको जनाएका छन्। प्रदर्शन हिंसात्मक हुनसक्ने ठूलो सम्भावना रहेको विज्ञले बताएका छन्। टाकियो प्रहरीले सतर्क रहन पनि भनिएको छ।