कांग्रेस संसदीय दलका नेता कोइरालाको नेतृत्वमा प्रदेश १ मा बन्यो राजनीतिक संयन्त्र

मोरङ – प्रदेश १ को सत्ता सम्हाल्न पुगेका पाँच दलीय गठबन्धनको बैठकले राजनीतिक संयन्त्र निर्माण गरेको छ। सोमबार बिराटनगरको एक होटलमा बसेको बैठकले नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीति संयन्त्र निर्माण गरेको हो। बैठकमा कांग्रेसका अर्का प्रदेशसभा सदस्य शेखरचन्द्र थापालाई सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित समितिको संयोजकत्वको जिम्मेवारी दिइएको छ। […]