सुदूरपश्चिममा साउने 'बत्ती बाल्ने' महिना सुरू

बैतडी : सुदूरपश्चिममा बुधबारदेखि साउनको महिना बत्ती बाल्ने महिनाका रुपमा मनाइँदैछ। धार्मिक महिनाका रुपमा समेत चिनिने यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ। साउने संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन ...