नेकपा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल र पार्टी एकताका निम्ति वार्ता गर्न उच्चस्तरीय कार्यदल बनाएको छ। आज बसेको माओवादी शीर्ष नेताहरूको बैठकले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको कार्यदल बनाएको हो। 'हामीले चुनावी तालमेल र बामपन्थी एकताका लागि छलफल गर्न कार्यदल बनाएका छौं,' नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीसँग भने,'हामी यसको लागि सबै बामपन्थी दलसँग…