काठमाडौँ, ११ भदौ । हास्यव्यङ्ग्य केन्द्रित फित्कौली अनलाइन मिडियाले पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । यस्तै हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच अग्रज स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको छ । कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको शुभारम्भ गरेका थिए । फित्कौलीका प्रधान […]