बैंकरहरूले दिए नयाँ बजेटका लागि सुझाव, विदेशी विनिमय सञ्चितिलाई ठूला पूर्वाधार निमार्णमा उपयोग गर्न आग्रह [पूर्णपाठ]

नेपाल बैंकर्स संघले मुलुकसँग रहेको विदेशी विनिमय सञ्चितिलाई ठूला पूर्वाधार निमार्णमा उपयोग गर्न सरकारलाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको बजेटको लागि सुझाव दिँदै संघले फागनुसम्म १२ अर्ब ५७ करोड विदेशी विनिमय सञ्चिति रहेकोले त्यसमध्ये ६ अर्ब डलर ठूला पुर्वाधार निमार्णमा खर्च गर्न सुझाव दिएको हो । “अर्थतन्त्रलाई थप चलायमान बनाउन तथा सञ्चित रकमको सही सदुपयोगका निमित्त मुलुकसँग रहेको विदेशी विनिमय सञ्चितिमध्ये करिब ६ अर्ब डलर ठूला सडक परियोजनामा खर्च गर्न सकिएमा यसले मुलुकलाई नै विकासको गतिमा लान ...