श्रृङ्गारिक आरती हेर्ने भक्तजनको घुइँचो

दाङ, २८ साउन । घोराही उपमहानगरपालिका–५ धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिरमा शनिबार राती श्रृङ्गारिक आरती हेर्न पुगेका भक्तजनको घुइँचो । पाण्डवेश्वर महादेव मन्दिरमा साउन महिनाभर पुरुषोत्तम माहात्म्य प्रवचन एवम श्रृङ्गारिक महाआरती श्रवणी बोलबम महोत्सवको आयोजना गरेपछि भक्तजनको घुइँचो लाग्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस