राहतको माग गर्दै बाढीपीडितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

राहतको माग गर्दै रौतहटका केही गाउँका बाढी पीडितहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। दुई साता पहिले आएको विनाशकारी बाढीबाट क्षति भए पनि सरकार र अन्य पक्षबाट राहत नपाएको भन्दै राजदेवी नगरपालिकाको हजमिनिया र पथरा गाउँका बाढीपिडितले प्रदर्शन गरेका हुन्।