समाधिस्थल संरक्षणमा जुटे दशनामी समाज

भक्तपुर : भक्तपुर र काभ्रेका दशनामीहरू समाधिस्थल संरक्षणमा जुटेका छन्। भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि उनीहरू संरक्षणमा जुटेका हुन्।भक्तपुर र काभ्रेको नालाका दशनामीहरूको मृत्युपछि हनुमानघाट क्षेत्रमा शव दहन गरिँदै आइएका छ। समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शव दहन गर्न समस्या पर्ने गरी ढुंगा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थल कब्जा गर्ने गरी संरचना निर्माणको तयारी गरे पछि दशनामीहरूले स