सिमीमा समृद्धि खोज्दै जुम्ली किसान

जुम्ला तिला १ का महेन्द्रबहादुर बुढाको गुजारा सिमी खेतीबाटै चल्छ । उनी सिमी उब्जनी गरेर बर्सेनि न्यूनतम १० क्विन्टल बेच्छन् । प्रतिकेजी २ सय २० रुपैयाँले बेचे । १० क्विन्टल बेच्दा उनले २ लाख २० हजार रुपैयाँ कमाए । सिमीबाट कमाएको रुपैयाँले घरको आवश्यकता पूरा गरे । उनले भने, ‘सिमी खेतीको राम्रो सम्भावना बोकेको क्षेत्र हो । यहाँका किसानको विकास सिमी खेतीबाट नै हुन्छ ।’