प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन [पूर्णपाठसहित ]

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिदैं असल कामलाई निरन्तरता दिने बताउनु भएको छ ।  प्रतिनिधि सभामा आइतवार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिनुभएको छ भने ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने बताउनुभएको छ । कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताउनु भएको छ । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताउनु भयो । यस्तो छ मन्तव्यको पूर्णपाठ :  माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलीदान गर्ने सम्पूर्ण शहिदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय केपी शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई  धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ । मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु । माननीय सभामुख महोदय, अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ । दैनिक रुपले संक्रमण बढी रहेको छ । मानिसहरुको मृत्यु भईरहेको छ । म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराईरहनु भएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु । माननीय सभामुख महोदय हामी याँहा उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलिय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन । ती आवश्यक पनि छन । तथापी हाम्रा केहि साझा चुनौति, उद्देश्य र गन्तव्य छन । जस्का लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ । कोभिड—१९ हाम्रो तत्कालको चुनौति हो । गरीबी, वेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ । सभामुख महोदय, हामी सबैसंग आ–आफ्ना अनुभवहरु छन । माननीय केपी शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ । वहाले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ । देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बिच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशिल रहने छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होईनौ बरु हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ । सभामुख महोदय, संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशिल बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ । सभामुख महोदय, म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा ९६० बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु । धन्यवाद !  

सम्बन्धित सामग्री

प्रधानमन्त्री शेरबहादुर देउवा विश्व आदिवासी दिवसको कार्यक्रममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा विश्व आदिवासी दिवसको कार्यक्रममा सम्बोधन गर्दै

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा भोलि बुटवल आउने

पाँचदलीय गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल आउन लागेका हुन् ।

प्रधानमन्त्री देउवाले आचारसंहिता उल्लंघन गरेको उजुरीपछि…

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन सत्ता गठबन्धनले आयाेजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न आउँदा निर्वाचन आचारसंहिता उल्लंघन हुने उजुरीपछि हिजो उहाँ निजी गाडीमा सवार हुनुभएको छ । प्रधानमन्त्री देउवा भरतपुर आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । सो उजुरीपछि प्रधानमन्त्री देउवा …

प्रधानमन्त्री देउवा विराटनगरमा, सुरु हुँदै चुनावी सभा

प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न विराटनगर पुगेका छन्। नेपाली कांंग्रेसले आज विराटनगरमा चुनावी आमसभा गर्न लागेको हो।...

विराटनगरमा कांग्रेसको चुनावी सभा, प्रधानमन्त्री देउवाले पनि सम्बोधन गर्ने

२१ बैशाख, विराटनगर । चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज विराटनगर आउँदैछन् । विराटनगर महानगरपालिका लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा विराटनगर आउने भएका हुन् । उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मा पनि आउनेछन् । दिउँसो १२ बजे पुष्पलाल चोकमा हुने चुनावी सभालाई सभापति देउवा, काङ्ग्रेस […]

बिम्स्टेकको शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौ., १५ चैत्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को पाचौँ शिखर सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा/रासस

प्रधानमन्त्री देउवाले आज बिम्सटेकलाई भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिम्सटेक)को सम्मेलनमा आज बुधबार सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान ९ बजे भर्चुअल रूपमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।बिम्सटेक आजबाट सुरु हुँदैछ । परराष्ट्रमन्त्री नारायण खड्का यसअघि नै श्रीलंका पुगेका थिए । उनले मंगलबार मात्र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।बिम्सटेकमा

निर्वाचनको पूर्व तयारीमा लागौँ : प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्। शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकरको दायित्व निर्वाचन गर्नुभएको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन्। उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानकर्षण गराए। तर, उनले कुन तहको निर्वाचन भन्नेबारेमा भने केही बताएनन्। सत्ता…

तस्वीर : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेन

जलवायु परिवर्तनसम्बन्धी २६औं अन्तरराष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति जो बाइडेन एकापसमा कुराकानी गर्दै । सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गर्नुभएको छ । तस्वीर सौजन्य : कोप- २६

शेरबहादुर देउवा र माधव नेपालले एउटै मञ्चबाट सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहीवार एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । विश्व बाघ दिवसको अबसरमा बिहीवार ललितपुरमा आयोजित कार्यक्रममा देउवा र नेपालले सम्बोधन गर्न लागेका हुन् । बाघ संरक्षण सम्बन्धी कार्यक्रमलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा नेपालले पनि सम्बोधन गर्न लागेका छन् । पछिल्लो समय प्रधानमन्त्री देउवा र माधव नेपाल राजनीतिक सहकार्य गरेर हिँडिरहेका छन् ।