नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने

काठमाडौं।आज विश्व जनसङ्ख्या दिवस मनाइँदै छ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ।झापामा प्रतिबन्धित लागुऔषधसहित १ जना पक्राउ परेका छन्।श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा रहेको छ र विश्वकप लिग २ अन्र्तगत नेपालले आज नामिबियासंग खेल्दै छ।

सम्बन्धित सामग्री

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, यी हुन् एजेण्डा

काठमाडौँ । सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने छ । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका […]

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने, यस्ता छन् बैठकका एजेण्डा

सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक  आजपनि बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको हो । सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं, १३ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दोस्रो दिनको बैठक सुरु भएको हो । शुक्रबारदेखि जारी बैठकमा शुक्रबार आफ्नो धारणा राख्न नपाएका नेताहरुले आफ्नो बिचार राख्दैछन् ।

काँग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक, सभापति देउवा सानेपामा

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । शुक्रबार दिउँसो तीन बजेपछि भर्चुअल माध्यमबाट बैठक सुरु भएको हो । बैठक भर्चुअल भएपनि सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका छन् ।यस्तै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सानेपाबाट बैठकमा जोडिएका छन् ।सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छ । कार्यसम्पादन समितिमा पदाधिकारी पदेन सदस्य ह

काँग्रेस बैठक बस्दै, महाधिवेशनका लागि विभिन्न समिति बनाइने

१४  औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने छ ।यस्तै पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति,  भोजन–आवास व्यवस्थापन समित

काँग्रेस बैठक आज पनि : कहिले सारिँदैछ महाधिवेशन ?

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि बैठक जारी छ । आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले रातोपाटीलाई बताए ।गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका  पारित गर्न सक्ने सम्भावना छ । यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन । भदौ १६–१९ का लागि निर्धारित १४ औं म

१४ औं महाधिवेशनबारे निर्णय लिन काँग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न विहीबार दिउँसो २ बजे  पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ ।नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भ

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएकाे छ ।  बैठकका एजेन्डाका विषयमा सहमति हुन नसकेपछि बैठक बस्दै नबसी स्थगित भएकाे हाे । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पाैडेलका अनुसार आइतबार दिउँसो २ बजेका  लागि तय गरिएको बैठक साेमबार अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ ।केन्द्रीय समिति बैठक स्थगित भएपछि शीर्षस्थ नेताहरूबीच अनौपचारिक बैठक भने भइरहेकाे छ ।पार्टीको १४ औँ महाधिवेशकाे तयारी र सत्ता समीकरणका विषयमा पार्टीभित्र  एकमत कायम हुन नसकेपछि

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक  सरिएको छ । यही पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएको बैठक माघ ६ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।अबको बैठक माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने  शुक्रबार पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ । ५ पुसमा सरकारले लिएको प्रतिनिधिसभा विघटनको कदममाथि ७ पुसबाट काँग्रेसमा छलफल जारी छ । बैठकबाटै संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको काँग्