सभामुखले एमसीसी रोक्नुभएको हो, अब के गर्नुहुन्छ हामी हेर्छौं– ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमसीसी संसद्मा ल्याउन सभामुख अग्निप्रसाद सापकोटालाई नै चुनौती रहेको बताएका छन् । विराटनगरमा आइतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले भने– ‘हिजो सभामुखले नै रोक्नुभएको थियो, अब के भनेर अगाडि बढाउनुहुन्छ, हामी हेर्छौं ।’ पोखरेलले एमसीसीका विषयमा पार्टीभित्र छलफल नभएको पनि बताए । संसद्मा सभामुखको भूमिका हेरेर अगाडि बढ्ने उनको भनाइ थियो । ‘हिजो एमाले नेतृत्वको सरकारले एक किसिमको धारणा बनाएको थियो,’ पोखरेलले भने, ‘अब उहाँ (स...

सम्बन्धित सामग्री

अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका हौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरूले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका छन् । बुधबार माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन् । नेता श्रेष्ठले उक्त बैठकमा एमालेबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु […]

राम्रा काम जसले गरे पनि एमालेको समर्थन रहन्छ : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताका पक्षमा राम्रा जसले गरे पनि नेकपा (एमाले)ले समर्थन गर्ने बताएका छन् । काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताए । एमसीसी, छिमेकीसँगको सम्बन्ध र नागरिकता विधेयकमा सत्ता गठबन्धनले तमासा […]

एमसीसीमा सघाउन प्रधानमन्त्री देउवाको आग्रह एमाले अध्यक्ष ओलीबाट अस्वीकार

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गर्नुभएको छ । आफ्ना पूर्ववत् मागहरु सम्बोधन भएपछि मात्रै प्रधानमन्त्रीको आग्रहमा सोच्न सकिने ओलीको भनाइ छ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्का उपाध्यक्ष विष्णु पौडेललाई लिएर बालुवाटार पुग्नुभएका ओलीले माधव नेपालसहित १४ […]

एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा

सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘पछि कुरा गरौंला ।’  स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल,

एमसीसी संसदमा दर्ता गर्ने निर्णय गर्दा मन्त्रिपरिषदमा को–को थिए मन्त्री ?

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले एमसीसी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको संसद् बैठकमा पेश गर्न सत्ता गठबन्धनमा सहमति जुटेको हो । जुन मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अलवा उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट उपस्थित रहेका थिए

एमसीसीबारे सत्तारूढ गठबन्धन दुई जिब्रे हुनु भएन: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताएका छन् । स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धनमा रहेका दलहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा ठोस धारणा आउनुपर्ने बताए। “गठबन्धनमा रहेका नेताहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेका छन्”, वरिष्ठ नेता पोखरेलले भने, “त्यसैले सत्तारूढ गठबन्धनको तर्फबाट एउटै धारणा बनाएर एमसीसी संसद्म...

प्रचण्डको दोहोरो चरित्रले एमसीसी विवाद : ईश्वर पोखरेल

जनकपुरधाम, ३ फागुन : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको दाबी गरेका छन् । मंगलबार जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेश अनुसार फरक फरक धारण राखेकै कारण एमसीसी विवादमा परेको […]

एमालेले सही समयमा सही ढंगले गठबन्धनलाई काउन्टर दिन्छ : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको नाटक भोलिदेखि सुरु हुने भन्दै एमसीसी टेबुलको नाममा कस्तो कस्तो नाटक हुन्छ हेर्न बाँकी रहेको बताएका छन् । मंगलबार जनकपुरधाममा स्थानीय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिन आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन दलले आ–आफ्नो स्वार्थपूर्ति गर्नका लागि नाटक सुरु गरेको बताएका हुन् ।पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई बचाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर