आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, असार २ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने संभावित कार्यसूची रहेको छ ।