त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको सरकारी निष्कर्ष

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी र भित्री दुवैतर्फको सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्ने राय सरकारलाई दिएको छ।