गाजामा हवाई आक्रमण गरिरहने इजरायली प्रधानमन्त्रीको प्रतिबद्धता

इजरायली सेनाले सोमवार पनि गाजामा हवाई आक्रमण जारी राखेको छ ।  प्यालेस्टाइनी समूह हमासको घर र संरचनालाई तारो बनाइरहेको उसको भनाइ छ ।  यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आतंकवादका तारोहरूलाई आक्रमण गरिरहने प्रतिज्ञा गरेका छन् ।    हमासले चलाएको गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, विगत एक सातामा २१२ जना मारिएका छन् र १४ सयजना घाइते भएका छन् । मारिएकामध्ये ६१ जना बालबालिका र ३६ जना महिला भएको उसको भनाइ छ ।    गाजाबाट हमासले गरेको रकेट आक्रमणमा परी दुई बालबा...