एमसीसीको विरोधमा राप्रपाद्वारा बानेश्वरमा प्रदर्शन (तस्बिरहरु)

एमसीसीको विरोधमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका भातृ संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।  यथास्थितिमा एमसिसी अघि बढाउन नहुने भन्दै राप्रपाले काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो । बबरमहलबाट शुरु भएको र्‍याली बानेश्वर पुगेर सभामा परिणत भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । सभालाई राप्रपाका नेताहरुले सम्बोधन समेत गरेका थिए ।  राप्रपाले एमसीसीको विरोध गर्दै संशोधन बिना संसदबाट पास हुन नहुने बताउँदै आएको छ ।

सम्बन्धित सामग्री

एमसीसीको विरोध गर्दै बानेश्वरमा प्रदर्शन [तस्बिरहरू]

काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध गर्दै प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले एमसीसी उपाध्यक्ष फतिमा सुमारविरुद्ध नाराबाजी गर्नुका साथै एमसीसी खारेजीको माग गरेका थिए । सो क्रममा प्रहरीले केही प्रदर्शनकारीहरूलाई पक्राउ गरेको थियो ।