किसानलाई मल उपलब्ध गराउन सांसद सुवाल सहितको टोलीको माग

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहितको टोलीले शुक्रवार वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई भेटेर कृषकलाई पर्याप्त मल र मुहान पोखरीलाई जलाधार क्षेत्र घोषणा गर्न माग गरेका छन् । सांसद सुवालले चागुनारायण नगरपालिकाको नगरकोटस्थित खानेपानी स्रोत रहेको क्षेत्रलाई जलाधार क्षेत्र घोषणा गरी खाने पानीको स्रोत बढाउन, भक्तपुर नपा सल्लाघारीस्थित चोङा गणेश मन्दिर परिसरलाई सांंस्कृतिक क्षेत्र घोषणा गर्न र भक्तपुरका नवदुर्गा पीठको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्...