कर्णाली प्रदेशको राजधानीमै खानेपानीको चरम अभाव (फोटो फिचर)

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको चरम अभाव भएको छ। वीरेन्द्रनगरका अधिकांश नागरिकहरूको घरमा नगरपालिकाले समयमै धारा जडान नगर्दा खानेपानीको चरम अभाव भएको हो।यहाँका नागरिक खानेपानीका लागि करिब आधा घण्टा हिँडेर घण्टौँ लाइन बस्न बाध्य छन्। वर्षायाम सुरू भए पनि वीरेन्द्रनगर नगरपालिका–३ का धेरैजसो घरहरूमा खानेपानीको धारा जडान नहुँदा यसरी खानेपानीको समस्या भएको स्थानीयहरूको गुनासो छ। वीरेन्द्रनगर–३ पतेनी रोडमा रहेको पतेनी धारामा पनी लिन पुगेकी खम्बिरा केसीले आफ