सुटिङ सेटमा करिष्मासँग आठ मिनेट : ‘२२ वर्षमा विधवा बन्नुभएकी आमा सम्झिरहेकी छु’

केही दिनअघि, काठमाडौँको पक्नाजोल स्थित होटेल ‘मुन लाइट’मा एक्सन कटमा व्यस्त थिए, वरिष्ठ कलाकार सरोज खनाल । उनलाई साथ दिइरहेका थिए छायाकार गौरीशङ्कर धुजु । ‘साहित्यकार स्वप्निल निरभको लेखनमा रहेको चलचित्र ‘बगान’ निर्माण गरिरहेका छौँ,’ रातोपाटी टिमसँगको अनौपचारिक कुराकानीमा चलचित्रका निर्माता सुरेश वाग्लेले जानकारी दिए ।वरिष्ठ कलाकार नीर शाह, निर्देशक खनाल स्वयम्, करिष्मा मानन्धर, प्रमिला कार्की लगायतको अभिनय रहेको चलचित्रलाई काठमाडौँका केही स्थानमा र पोखरामा सम