मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छ । बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ । यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच पुनः मतदान गर्ने या के गर्ने भ