ललितपुर २ बाट उठेका डा. शाक्यका यस्ता छन् स्वास्थ्य क्षेत्रका प्राथमिकता

काठमाडौं : मंसिर ४ मा हुन लागेको निर्वाचनमा ललितपुर २ बाट लौरो चुनाव चिन्ह लिएर स्वतन्त्रबाट प्रतिनिधिसभा उम्मेदवार उठेका दन्त चिकित्सक सुदिन शाक्य निर्वाचनमा होमिएका छन्। उनले सुशासन, स्वास्थ्य क्षेत्रको सुधार, खानेपानी, प्रदूषण नियन्त्रण, सम्पदा संरक्षण, पर्यटनलगायतका चुनावी एजेन्डा अघि सारेका छन्।नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य उपचारको व्यवस्था गर्नसके वर्तमान समयमा देखिएका धेरै विकृतिहरु आफैं हराएर जाने उनी बताउँछन्।त्यसैले उनले ललितपुर २ मा चारवटा सुसम्पन्न शहरी स्वास्थ्य केन्द्र स्थापना