प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवा

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दाबी नछाड्दा सत्तागठबन्धन भत्किएको छ। एमाले नेतृत्वमा नयाँगठबन्धन बनेसँगै काँग्रेस सातै प्रदेशमा सरकारविहीन बन्ने देखिएको छ। एकीकृत समाजवादीले पूर्वसहमति तोडेर काँग्रेस सभापति शेरबहादुर देउवाले अहंकार देखाएको निष्कर्ष निकालेको छ। नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अलस्टारले विराटनगर सुपर किङसलाई २ रनले पराजित गरेको छ।

निर्वाचन लक्षित प्रधानमन्त्रीको होडबाजी

देउवा अहिले प्रधानमन्त्री नै छन् । उनकै प्रतिस्पर्धी बताउने सागर ढकाल तथा रवि लामिछानेले समेत प्रधानमन्त्रीको सपना देख्न थालिसके भने गगनले प्रधानमन्त्रीको दाबी पेश गर्नु किमार्थ अस्वभाविक होइन । किनकि आन्दोलनको अग्रमोर्चामा गणतन्त्रको नारा लगाउने योद्धा हो, गगन थापा । रवि र सागर जस्तो निर्वाचनको मुखमा उम्मेदवार मात्रै बन्न आएको व्यक्ति पनि होइन ।

सोमबार सर्वोच्च अदालतले गर्न सक्ने सम्भावित फैसला

असार २७, काठमाण्डौ । गत जेठ ८ गते मध्यरातमा राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधि सभा बिघटन गरिन् । संविधानको धारा ७५ को उपधारा ५ अनुसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको २४ घण्टाभन्दा कम समयमा प्रधानमन्त्रीको दाबी गरेका शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैले प्रतिनिधि सभामा बहुमत साबित गर्न नसक्ने धारणाका आधारमा संसदको आयु […]

देउवालाई बहुमत जुटाउन दिनभरि के–के भयो ?

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएकै दिन सोमबार राति ९ बजेदेखि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको दाबी गर्न दलहरूलाई आह्वान गरेकी छिन् । विपक्षी गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका एकमात्र दाबेदार हुन् । तर, उनले बैशाख ३० गते राति ९ बजेभित्र प्रधानमन्त्रीका लागि बहुमत सांसदको हस्ताक्षर जुटाउनुपर्नेछ ।प्रधानमन्त्रीका बन्नका लागि बहुमत जुटाउन मंगलबार दिनभरि काँग्रेस सभापति शेरबहादुर देउवाले के–के गरे त ? अनि उनका सहयोगी दलका नेताहरु प्रचण्ड र उपेन्द्र यादवले के गरे

प्रधानमन्त्रीमा दाबी गरेको छैन :देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्रीको दाबी नगरेको बताएका छन् ।शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले विपक्षी दलको नेता भावि प्रधानमन्त्री भएपनि आफू प्रधानमन्त्रीको लागि तयार नभएको बताएका हुन् ।महाधिवेशन नजिकिएको भन्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको औँल्याए ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र […]

प्रचण्डले भने : ओलीको पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउँछु

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको पत्तासाफ गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका छन्।शुक्रबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री अ‍ोलीले संसदमा फेस गर्ने भनेकाले आफूहरूले कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्तावमार्फत ओलीलाई हटाउने प्रचण्डको भनाइ थियो। साथै उनले देउवा ओलीसँग सहकार्य गर्नै नसक्ने ठोकुवा गरे। ‘मेरो प्रधानमन्त्रीको दाबी गर्