तिहारमा मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने

काठमाडौं । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो । प्mलोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली पूmलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो । केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ । त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ । चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षात्ले धेरै क्षति पुर्‍याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए । यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए । गतवर्षको तुलनामा मालाको मूल्य बढे तापनि यस वर्षको तिहारमा देशभर करीब साढे १८ लाख मालाको खपत हुने अनुमान गरिएको एशोसिएशनले बताएको छ, जसमध्ये १५ लाख सयपत्री, ३ लाख मखमली, १५ हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ । करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् ।

सम्बन्धित सामग्री

धरानमा सयपत्री फूलको कारोबार उच्च

तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पुज्ने गरिन्छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ

मखमलीमय गुन्डु  : फूलको माला विदेशसम्म

मखमली फूलले ढपक्कै ढाकेको बारी । घरै पिच्छे माला उन्न भ्याइनभ्याइ छ । भक्तपुर सूर्यविनायकदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको गुन्डु गाउँले गएको धेरै वर्ष अघिदेखि ‘मखमली’ परिचय बनाएको छ । तिहारमा भाइटीकाको बेला दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलका धेरै माला यहीँ गुन्डुमा बन्छ । पहिले पहिले नेपालमा मात्र बिक्री हुने मखमली फूलको माला अहिले विदेशमा रहेका नेपालीहरुसम्म पुग्छ । त्यसैले गुण्डुका बासिन्दाको चटारो पहिलेभन्दा बढेको छ । यही चटारोमा हुनुहुन्छ, गुन्डुकी सञ्जु बिष्ट पनि । उहाँसहित अरु च...

यो तिहारमा १३ करोडको फूलका माला बिक्री हुने

काठमाडौं : यो वर्षको तिहारमा साढे १३ करोड रुपैंया बराबरको फूलको माला खरिदबिक्री हुने अनुमान गरिएको छ। तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपियाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपियाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ। ती रकम बराबरको २४ लाख ४५ हजार वटा माला खपत हुनसक्ने अनुमान गरिएको म्यानका महासचिव विश्वमणि पोखरेलले जानकारी दिए। फुलमा मुलुक आत्मनिर्भर भएपनि तिहारमा खपत बढी हुने भएकाले बजार माग अन

तिहारमा २१ लाख माला खपत, १५ करोड बढीको रुपैयाँको कारोबार

काठमाडौँ– यस वर्षको तिहारमा २१ लाख माला खपत भएको छ । तिहारको पाँच दिनमा १८ लाख ६५ हजार फूलको माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को अनुमान थियो । अनुमानभन्दा बढी फूलको कारोबार भएको छ । तिहारमा १८ लाख १५ हजार सयपत्री फूलको माला, ३ लाख ५ हजार मखमलीको माला र १५ हजार गोदावरी […]

तिहारमा बढ्यो मालाको खपत, झण्डै साढे २१ लाख माला बिक्यो

यो वर्षको तिहारमा मालाको खपत बढेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले अघिल्लो वर्षको तुलनामा मालाको खपत बढेको बताएको हो । १८ लाख माला खपत हुने अनुमान गरेकोमा २१ लाख ३५ हजार माला खपत भएको एसोसिएसनले बताएको छ ।तिहारमा १८ लाख १५ हजार सयपत्री माला, ३ लाख मखमली माला र १५ हजार गोदावरी फूलको माला कारोबार भएको छ । यो वर्ष सयपत्री फूलको प्रति मालाको खुद्रा मूल्य १५०÷२०० रुपैयाँसम्म र मखमली फूलको प्रति माला १०० रुपैयाँसम्म कारोबार भएको छ ।तिहारमा यमपञ्चदेखि पाँच दिनसम्म धेरै माला खपत हुने गर्छ । पाँच

तिहारमा फूल व्यापारीको मनपरि‚ आफूखुसी मूल्य

काठमाडौं : तिहारका लागि आवश्यक फूल र मालाको मूल्य गत सालको भन्दा महँगो भएको छ। गत साल सयपत्री फूलको माला प्रतिगोटा १०० देखि १५० रुपैयाँमा खरिद गरेको उपभोक्ताहरुले यस वर्ष  १५० देखि २०० रुपैयाँमा खरिद गरेको बताएका छन्।  तिहार सुरु भएसँगै बजारमा फूल तथा माला किन्नेको भिड लाग्न थालेको छ। पसलको ढोका सजाउन, घर सजाउन साथै दिदीबहिनीले दाजुभाइलाई भाइटीकाका दिन लगाइदिन माला प्रयोग गरिन्छ।  किसानको बारीबाट प्रतिमाला ५० रुपैयाँमा ल्याउने व्यापारीहरुले आफूखुसी मूल्य र

भक्तपुरमा धमाधम बनाइदैँ छन् तिहारका पाला (तस्बिरहरु)

काठमाडौँ- हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ छ। सयपत्री र मखमली फूलको माला, भाइमसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो छ। यसैबीच तिहारको लागि आवश्यक पर्ने पाला, माटाका भाँडा तथा खुत्रुकेहरु बनाइँदै गरेको देख्न सकिन्छ भक्तपुरमा। पालाको व्यापार प्रायजसो तिहारमा धेरै हुने भएकाले पनि कुमाले भाँडा […]

यस वर्ष तिहारमा ५० हजार सयपत्री फूलको माला आयात हुँदै

काठमाडौँ - स्वदेशी उत्पादनले धान्न नसकेका कारण विगतझैं यस वर्ष पनि तिहारका लागि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका कारण टिप्ने बेलामा फूल नष्ट भएकाले भारतबाट फूलको माला आयात गर्ने…

तिहारमा १७ लाख फूलको माला खपत हुने

काठमाडौं । यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ ।      गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ ...

तिहारका लागि तीन लाख फूलको माला ल्याइँदै

काठमाडौँ, असोज २७ - तिहारका लागि याे बर्ष पनि तीन लाख फूलको माला ल्याइँने भएकाे छ । गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्...