प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

काठमाडाैं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्। नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्दपुर्ण सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ। यही कार्यक्रममा सहभागी हुन भारतीय समकक्षी मनोज म

सम्बन्धित सामग्री

भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाण्डाै - भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ । दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लाग्नु भएको हो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पनि यसअघि नै नयाँ दिल्ली पुगेर मानार्थ महारथीको सम्मा...

७४औं भारतीय सेना दिवसमा प्रधानसेनापति

भारतको ७४औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले समारोह आयोजना गरेको छ । प्रधानसेनापति एवं भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्माको उपस्थितिमा सेना दिवस मनाएको भारतीय राजदुताबासले जनाएको...

भारतीय सेना प्रमुख रावतको असामयिक निधनप्रति प्रधानसेनापतिद्धारा समवेदना

काठमाडौँ । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको असामयिक निधनप्रति प्रधानसेनापति प्रभुराम शर्माले समवेदना व्यक्त गरेका छन् । जंगी अड्डाले प्रेस विज्ञप्ती जारी गर्दै शोक समवेदना व्यक्त गरेको हो । नेपाली सेनाका मानार्थ महारथी जनरलसमेत रहेका भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ रावत, उनकी पत्नी मधुलिका तथा अन्य ११ जना...

रावतको निधनप्रति नेपाली सेनाद्वारा शोक व्यक्त

काठमाडौं : भारतका रक्षा प्रमुख विपिन रावतको निधनप्रति नेपाली सेनाले शोक व्यक्त गरेको छ। बिहीबार एक विज्ञप्ति नेपाली सेनाले नेपाली सेनाका मानार्थ महारथी जनरलसमेत रहेका रावतसहित उनकी पत्नी र अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा भएको मृत्युप्रति शोक व्यक्त गरेको हो।दु:खद घडीमा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्रमार्फत हार्दिक समवेदना व्यक्त गरेको सेनाले जनाएको छ।प्